युुआरएलका कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम

पाेखरा | चैत ५, २०७९

युुआरएलका कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम

पोखरा:  गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शुक्रबार कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम दिएको छ । युआरएल मुख्य कार्यालय सभागृहचोक र युआरएलका १३ शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन तालिम आयोजना गरिएको हो । 


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले रोगको निदान र उपचारमा प्रयोगशालाको भूमिकाबारे प्रकाश पारे । उनले भने, ‘प्रयोगशालाको रिपोर्ट गलत भयो वा समयमै आएन भने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ । आफन्त, चिकित्सक, अस्पताल व्यवस्थापनलाई दबाब बढ्छ । डाक्टरले रिपोर्टकै आधारमा उपचार गर्ने हो, कथंकदाचित रिपोर्ट गलत भए उपचार पनि गलत हुन सक्छ ।’ 


प्रयोगशाला गुणस्तर विज्ञ सुशील थापाले दक्ष प्राविधिक र अत्याधुनिक मेसिनको सम्बन्धबाट मात्रै गुणस्तरीय रिपोर्ट आउन सक्ने औंल्याए । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीका माइक्रोबायोलोजिस्ट डा सौगात प्रधानले कल्चर जाँच र त्यसको संवेदनशीलताबारे प्रकाश पारे । 


नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले व्यावसायिक ल्याबमा कर्मचारीले आपसमा गर्ने व्यवहार र सेवाग्राहीलाई गर्नुपर्ने व्यवहारले ल्याबको परीचय दिने उल्लेख गरिन् । यसैगरी, युआरएलका टेक्निकल हेड भूपेन्द्र रेग्मी, टेक्नोलोजिस्ट सुशील थापा र बायोक्यामिस्टद्वय सुनिता श्रेष्ठ र अनुप भुसालले युआरएलले अहिले अपनाएको कार्यसम्पादन प्रक्रिया र रिपोर्टिङबारे जानकारी दिए ।प्रशिक्षार्थीलाई वरिष्ठ प्याथोलोजिस्ट डा सुदीप रेग्मीले हिस्टो प्याथोलोजी जाँचका प्रक्रिया र रिपोर्टिङबारे प्रकाश पारेका थिए । तालिममा शाखा इन्चार्ज र सहइन्चार्ज गरी ३० जना सहभागी थिए ।


युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले नयाँ टेस्ट, मेसिनहरुबारे जानकारी दिन र विश्वमा विकसित प्रयोगशालाका नयाँ तकनिकी सिकाउन तालिम आयोजना गरिएको बताए । उनले भने, ‘अब मेसिन उत्पादक कम्पनीकै विज्ञ झिकाएर तालिम दिने योजना छ । अहिलेको तालिममा आएका विषय लागू भए÷नभएको टिम बनाएर अनुगमन हुनेछ ।’


युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधि, दक्ष कर्मचारी, चुस्त व्यवस्थापनसँगसँगै पछिल्लो समय विकसित प्रविधि, टेस्ट आदिलाई भित्र्याएर युआरएलअघि बढ्ने बताए । उनले भने, ‘गण्डकीको प्रयोगशाला क्षेत्रको पहिलो ल्याब युआरएल ल्याबका सबै क्षेत्रमा अग्रणी बन्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन कुनै दत्तचित्त छ ।’ 
 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्